नियम ४३
बिदा अधिकारको कुरा होइन
(१) प्रहरी कर्मचारीले अधिकारको रूपमा बिदाको दाबी गर्न पाउने छैन ।
(२) बिदा स्वीकृत गर्ने अधिकारीले कार्यालयको कामको अनुकूल हेरी आनो तजबीजबाट बिदा स्वीकृत वा अस्वीकृत गर्न सक्नेछ ।
(३) कार्यालयलाई आवश्यक परेमा बिदामा बसेको प्रहरी कर्मचारीलाई निजको स्वीकृत बिदा रद्द गरी जुनसुकै समयमा पनि बोलाई काममा लगाउन सक्नेछ ।